डा. भोला रिजाल दम्पतीलाई कोरोना सङ्क्रमण

95

काठमाडौं – वरिष्ठ स्त्रीरोग विशेषज्ञ डाक्टर भोला रिजाल र उनकी पत्नीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना पुष्टि भएपछि रिजाल दम्पती ह्याम्स अस्पतालमा भर्ना भएका छन् । डा. रिजाललाई शनिवार नै कोरोना संक्रमण पुष्टि भएको हो । शनिबारै कोरोना पुष्टि भए पनि आफू आइतवारदेखि मात्रै अस्पतालमा भर्ना भएको डा.रिजालले जानकारी दिएका छन् । केही असजिलो भएपछि अस्पताल भर्ना भएका रिजालले अहिले भने आफूलाई कोरोनाको कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here