सोझालाई डुबाउने सेयर बजार

96

काठमाडौं – आइतबार सेयरको प्रभातकालीन कारोबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक एकैपटक ४२ अंक बढ्यो। नियमित कारोबार सुरु भएसँगै ओरालो लाग्न थालेको बजार ५८ अंकसम्म घट्यो। यसले बिहान हतारिएर सेयर किन्न खोज्नै धेरै लगानीकर्तालाई ठूलो क्षति पुगेको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले गत शुक्रबार राजीनामा दिएपछि सामाजिक सञ्जालमा सेयर बजारले ‘नयाँ ऐतिहासिक उचाइ चुम्ने’ हल्ला पिटिएको थियो। कार्यकालको सुरुदेखि नै ‘सेयर बजार विरोधी’को आरोप खेपिरहेका खतिवडाको बहिर्गमनपछिको सेयर बजारलाई धेरैले चासोसाथ प्रतीक्षा गरेका थिए। तर, अधिकांशको अनुमानविपरीत बजार ओरालो लागेपछि धेरैलाई यो घटनाले बिलखबन्दमा पार्‍यो।

प्रात स्कालीन बजारमा जुर्मुराएका लगानीकर्ताको आशा १५ मिनेट पनि टिकेन। उल्टै ठूला लगानीकर्ताले नियमित कारोबार सञ्चालनपूर्व हुने यस्तो खरिदबिक्रीको लाभ(हानिबारे बहस गर्नुपर्ने बताउन थाले। सेयर बजारमा संस्थागत लगानी गर्ने पायोनियर कम्पनी हाथ्वे इन्भेस्टमेन्टका सञ्चालक एवम् नेपाल इन्भेस्टर्स फोरमका पूर्वअध्यक्ष अम्बिकाप्रसाद पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘कतै यही सुविधाले बजारलाई गलत गाइड दिशानिर्देश त गर्दै छैन ? ’

ठूला राजनीतिक, आर्थिक एवम् प्राकृतिक घटनाहरूले सेयर बजारलाई अस्वाभाविक प्रभाव नपारोस् भनेर नेप्सेमा सुरुदेखि नै ‘प्रि-ओपन सेसन’ प्रयोगमा ल्याइएको नेप्सेका प्रवक्ता मुराहरि पराजुली बताउँछन्। यस्तो व्यापार प्रणालीअनुसार बजार खुल्ने हरेक दिन बिहान १० -३० देखि १० -४५ सम्म प्राप्त भएका सबै खरिद तथा बिक्री आदेशहरू एकै पटक कारोबार गराइन्छ। यसले त्यस दिनको प्रारम्भिक सूचक निर्धारणमा पनि सघाउ पुग्ने पराजुली बताउँछन्। नियमित कारोबारमा कुनै पनि सेयरको भाउ अन्तिम मूल्यमा २ प्रतिशत तलमाथि गर्न पाइने भए पनि प्रात स्कालीन कारोबारमा ५ प्रतिशतसम्म थपघट गरेर किनबेच गर्न पाइन्छ। आइतबार बिहानको उच्च वृद्धिको कारण त्यही हो। यो समाचार आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here