काठमाडौं – नेप्सेको कारोबार व्यवस्थापन प्रणालीमा समस्या आउँदा सेयर कारोबार रोकिएको छ । नेप्सेमा सेयर कारोबार खुलेको केही समयमै सिस्टममा समस्या आउँदा सेयर कारोबार रोकिएको छ ।
“नेप्से कारोबार व्यवस्थापन प्रणालीमा केही प्राविधिक समस्या आएकाले हाल कारोबार रोक्का राखिएको छ । हामी उक्त समस्या समाधानका लागि प्रयासरत छौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमा प्रार्थी छौं ।” नेप्सेले आफ्नो वेबसाइटमा सूचना राख्दै भनेको छ ।
गत साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्सेको अनलाइन कारोबार प्रणली (नट्स) मा समस्या आउँदा २ घण्टाभन्दा बढी कारोबार अवरुद्ध भएको थियो । जसले गर्दा साँझा ५ बजेसम्म बजार खुलेको थियो । बिहीबार टीएमएस र नट्सबीच सम्पर्क टुट्दा कारोबार अवरुद्ध भएको थियो । भदौमा मात्रै नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको यो तेस्रोपटक हो ।
नेप्सेले अन्तर्राष्ट्रिय स्तरको दाबी गर्दै आएको सिस्टममा बारम्बार समस्या आउँदा लगानीकर्ताले समस्या भाग्दै आएका छन् ।


















