निषेधाज्ञा खुकुलो भएपनि धार्मिकस्थलमा जम्मा भएर भिडभाड गरे कारबाही

156

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौमा निषेधाज्ञा खुकुलो पारेपनि असोज १ गतेदेखि केही क्षेत्रलाई रोकेको छ। कोरोना भाइरसको संक्रमणलाई ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौले मठ मन्दिर, मस्जिद, चर्चलगायतका परम्परागत धार्मिक तथा सांस्कृतिक स्थलहरूमा दैनिक नित्यपूजा बाहेक भीडभाड जन्य गतिविधिहरु सञ्चालन गर्न रोक लगाएको कार्य निरन्तरता दिने निर्णय गरेको छ।

यदि यसको उल्लंघन गरेमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रमक रोग ऐन २०२० अनुसार कारबाही हुने चेतावनी दिइएको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जारी गरेको आदेशमा  खुल्ला स्थानमा मानिसहरु भेलाजम्मा हुन, भीडभाड गर्न, सभा, जुलुस, जात्रा, महोत्सव, भोजभतेर आदि गर्न पनि अनिश्चितकालका लागि रोक लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here