Home कृषि अनुमति नलिई रासायनिक मल बिक्री गरेकाले २ लाख रुपैयाँ जरिबाना
इलाम । विनाअनुमति रासायनिक मल बिक्री गरेको भन्दै इलाम बजारमा सञ्चालित ‘मा दुर्गा एग्रिकल्चर एण्ड सप्लायर्स’लाई आइतबार २ लाख रुपैयाँ जरिबाना गरिएको छ ।नेपाल सरकारले कृषकहरूलाई अनुदानमा उपलब्ध गराएको रासायनिक मल विनाअनुमति बिक्री वितरण र सञ्चय गरेको अवस्थामा फेला परेको र वैध कागजातसमेत फेला नपरेकोले जिल्ला प्रशासन कार्यालय नेतृत्वको अनुगमन टोलीले कारबाही गरेको हो ।उक्त सप्लायर्सलाई ७ दिनभित्र जरिमाना रकम जम्मा गर्न भनिएको छ । अनुमागनलाई तीव्र पार्दै केही समय अघिमात्र प्रशासनले २ वटा कृषि विज भण्डारसहित केही स्वास्थ्य संस्थालाई पनि जरिबाना तिराएको छ ।