माक्र्सवादी एकता अभियानको बैठकले यस्ता निर्णय लियो

214

काठमाडौं / माक्र्सवादी एकता अभियानको सचिवालयले प्रथम बैठक सम्पन्न गरेको छ ।  यही असोज १ गतेदेखि शुरु भएको बैठक ३ गतेसम्म चलेको जनाइएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको प्रेश विज्ञप्ती मार्पmत जानकारी गराइएको छ । बैठक संयोजक डा. शम्भु कट्टेलको अध्यक्षतामा बसेको थियो ।

बैठकमा सचिवालयका सदस्यहरु क. महादीप पोख्रेरल, क. बलदेव भट्ट, रघु घिमिरे, क. राजेन्द्र रेग्मीलगायतबाट आ—आफ्नो जिम्मेवारीमा रहेका विषयहरुमा केन्द्रीत रहि कार्यपत्र प्रस्तुत भएका छन् । प्रस्तुत कार्यपत्रहरुमा बैठकले व्यापक छलफल पछि निर्णय लिएको जनाइएको छ । प्रस्तुत कार्यपत्रहरुका आधारमा नेपालमा कार्यरत विभिन्न माक्र्सवादी विचारमा विश्वास राख्ने पार्टीहरुसँग कार्यक्रमहरु तय गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले माक्र्सवादी एकता अभियान नेपालको अवधारणा पत्रबारे पनि छलफल गरेको छ । अवधारणा पत्रलाई अन्तिम रुप दिन अभियानका सह—संयोजक क. प्राद्यापक रमेश अधिकारलाई जिम्मेवारी दिइएको छ ।

बैठकले  माक्र्सवादी एकता अभियानलाई विस्तार गर्न मापदण्ड निर्धारण गरेको छ । जसमा माक्र्सवाद समर्थक र देशभक्त हुनु पर्ने साथै सचिवालय समुहमा रहनका लागि मालेमाको दह्रो पक्षपोषक हुनु पर्ने मापदण्ड निर्धारण गरिएको छ । अभियानलाई बढी समाबेशी बनाउँदै लाने निर्णय पनि भएको छ ।

बैठकले समसामयिक तात्कालिक विषयहरुमा विभिन्न राजनीतिक दलहरुसँग साझा एजेण्डा बनाएर कार्यक्रम निर्धारण गर्नका लागि पहल गर्ने निर्णय समेत गरेको छ । बैठकले यही असोज १० गते शनिबारका दिन वर्तमान नेपालको संविधानबारे विभिन्न विज्ञहरु मार्पmत दलका नेताहरुको उपस्थितिमा समिक्षा बैठक गर्ने र त्यसलगत्तै सरकारले नेपालमा भित्र्याउन खोजेको अमेरिकी शैन्य योजना एमसीसीको खारेजी र देशमा व्याप्त भ्रष्टाचारको विरोध गर्नेबारे दलहरुसँग छलफल गर्ने कार्ययोजना पनि निर्धारण गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here