इच्छा विपरीत ट्रमा सेन्टर लगिएको भन्दै संघको ध्यानाकर्षण

71

काठमाडौं- डा गोविन्द केसीलाई अपहरण शैलीमा उनको इच्छा विपरीत राष्ट्रिय ट्रमा सेन्टरमा लगिएकोप्रति नेपाल चिकित्सक संघले राष्ट्रिय मानव अधिकार आयोगको ध्यानकर्षण गराएको छ।

संघले बिहीबार विज्ञप्ति निकाल्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि शान्तिपूर्ण रुपमा गरिएको सत्याग्रहको भावना र मर्मलाई आयोगको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराई डा केसीको जीवनरक्षाका लागि आवश्यक पहल गरिदिन अनुरोध गरेको हो।

साथै संघले १९औं पटकको सत्याग्रहमा होमिन बाध्य भएको अवस्थामा अस्वभाविक, गैरमानवीय र जबरजस्ती शैलीमा प्रतिष्ठित चिकित्सकलाई गरिएको व्यवहार अत्यन्तै निन्दनीय र भत्र्सनायोग्य भएको जनाइएकाे छ ।

‘एक नागरिकले आफ्नो स्वास्थ्य उपचारको लागि स्वास्थ्य संस्था छनोट गर्न पाउने न्यूनतम मानवअधिकारबाट वञ्चित गर्दै सुरक्षाकर्मीबाट गरिएको यस्तो ज्यादतिपूर्ण व्यवहारप्रति संघले आयोगलाई ध्यान पु¥याउन आग्रह गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here