संसारभर कुल संक्रमितमध्ये मृतकको संख्या झण्डै तीन प्रतिशत हुन आउँछ । संक्रमितमध्ये २ करोड ४८ लाख संक्रमणमुक्त भइसकेका छन् । सबैभन्दा बढी अमेरिकामा २ लाख ९ हजारको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । त्यहाँ ७३ लाख संक्रमित भइसकेका छन् ।
भारतमा ६१ लाख कोरोना संक्रमितमध्ये ९६ हजारको मृत्यु भइसकेको छ । कोरोनाविरुद्धको भ्याक्सिन विकास नहुँदा मृतक र संक्रमितको संख्या अझै बढ्न सक्ने देखिएको छ ।


















