उपत्यकामा अहिलसम्मकै बढि १६३८ जनालाई कोरोना संक्रमण

61

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६३८ जना कोरोना संक्रमित थपिएका छन्। यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनालाई  कोरोना संक्रमण देखिएको छ। उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७४१ पुगेको छ।

काठमाडौंमा २१ हजार ६७३ ललितपुरमा २ हजार ६८७ र भक्तपुरमा २ हजार ३८१ संक्रमित पुगेका छन्।

पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२२  जना कोरोना संक्रमित पुष्टि भएका छन्।योसँगै संक्रमितको कूल संख्या ८२ हजार ४५० पुगेको छ। २४ घण्टामा ३ हजार ३०७ जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६० हजार १९६ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here