उपत्यकामा थपिए १०१७ जना कोरोना संक्रमित

93

काठमाडौं- पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १०१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११६ र ललितपुरमा ११८ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। उपत्यकामा कोराना संक्रमितको संख्या ३२ हजार ६५ पुगेको छ।

पछिल्लो २४ घण्टामा देशभर १५५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९० हजार ८१४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ११ हजार ४७ जनाको पिसिआर परीक्षण गर्दा १५५१ जनालाई संक्रमण देखिएको जानकारी दिए।  २४ घण्टामा २ हजार ३ सय ४०  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ६७ हजार ५४२ पुगेको छ। देशभर २२ हजार ७ सय ९ जना सक्रिय संक्रमित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here