आजदेखि पाँच दिनसम्म जीवित देवी कुमारीको दर्शन गर्न सकिने

369
पाटनकी गणकुमारी भने सार्वजनिक रूपमा प्रस्तुत नहुने जनाइएको छ । बडादशैँमा टाढैबाट एकान्तकुमारी, गणकुमारी र वसन्तपुरकी श्रीकुमारीको अवलोकन दर्शन भने हुनेछ ।

कोरोना सङ्क्रमणका कारण बच्न बचाउन यो प्रकारको दर्शन व्यवस्था भएको गुठी शाखा ललितपुरका प्रमुख राजन भुजु बताउन्छन ।

किलागल, साँखु, बुङ्गमती, टोखा, कीर्तिपुर लगायतका नेवारी प्रचलन अनुसार नेवाः बस्तीमा रहेका अन्य कुमारी पनि घरमै रहनेछन् ।वसन्तपुरस्थित काठमाडौँ दफ्तर क्लवका अध्यक्ष राकेश शाहीले कुमारी दर्शनमा होसियारी अपनाउन आग्रह गरेका छन् ।

वसन्तपुरमा श्रीकुमारी, भक्तपुरमा एकान्तकुमारी र पाटनमा गणकुमारीको सांस्कृतिक क्षेत्रमा आफ्नै महत्व छ भने नेवाः वस्तीमा प्रचलनमा रहेका कुमारीको छुट्टै महत्व छ ।

भक्तपुरको एकान्तकुमारी भने घरमै रहने जनाइएको छ । भक्तपुर तलेजुका मूलनाइके नरेन्द्रप्रसाद जोशीका अनुसार सर्वसाधारणले कुमारीको दर्शन नपाउने आजको गोरखापत्र दैनिकमा खवर छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here