एजेन्सी-अफागन युद्धको क्रममा अस्ट्रियालको विशेष सैनिक दस्ताले गैरकानूनी रुपमा ३९ जना स्थानीय नागरिकको हत्या गरेको विश्वसनीय प्रमाण भेटिएको छ ।
लामो समयदेखि प्रतिक्षा गरिएको प्रतिवेदनमा अस्ट्रेलियाको विशेष सैनिक दस्ताले गैरकानूनी रुपमा अफगानिस्तानका ३९ जना सर्वसाधारणको हत्या गरेको प्रमाण भेटिएको उल्लेख छ ।
विशेष सैनिक दस्ताले गरेको गैरकानूनी गतिविधिका सम्बन्धमा चार वर्ष लगाएर भएको अनुसन्धानको प्रतिवेदन अस्ट्रेलियन डिफेन्स फोर्स (एडिएफ) ले सार्वजनिक गरेको हो ।
समितिले ५७ वटा घटनाको अनुसन्धानको क्रममा ३०० जना भन्दा बढि प्रत्यक्षदर्शीसँग कुरा गरेको थियो ।
एडिएफका प्रमुख जनरल एनगुस क्याम्पबेलले अनुसन्धानबाट केही सैनिकहरुले ‘योद्धा संस्कृति’ को ‘लाज लाग्दो’ घटनाको प्रमाण भेटिएको बताए ।
सन् २००९ देखि २०१३ बिचमा कैदी, किसान वा सर्वसाधारणको हत्यामा संलग्न भएको अभियोगमा १९ वर्तमान वा पूर्व सैनिकहरुमाथि प्रहरीले अनुसन्धान गर्नु पर्ने पाइएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
घटनाका पीडितलाई न्याय प्रदान गर्ने प्रतिबद्धता अस्ट्रेलियाले व्यक्त गरेको अफगानिस्तानले बताएको छ ।
हत्याको घटनामा कुनै न कुनै रुपमा २५ (वर्तमान वा पूर्व) सैनिक सामेल भएको र त्यसमध्ये अधिकांश स्पेशल एअर सर्भिस (एसएएस) का सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ ।


















