काठमाडौं-नेपालमा कोरोना भाइरसका आज १९ सय ४५ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ५ हजार ३ सय ६४ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै निको हुनेको संख्या १ लाख ९१ हजार २ जना पुगेको विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय ९८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११ सय ७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा ८ सय ६२, भक्तपुरमा ७१ र ललितपुरमा १ सय ७४ जना नयाँ संक्रमित थपिएका हुन् ।


















