बाइडेनद्वारा विदेश नीति खारेज ‘अमेरिका इज ब्याक’

118

एजेन्सी- राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले अमेरिका विश्व मञ्चको नेतृत्वमा रहनका लागि तयार भएर आएको बताएका छन् ।

रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिका फर्स्ट’ नीति मार्फत अमेरिकालाई विश्व मञ्चबाट अलग र ‘एक्लो’ बनाएको भन्दै बाइडेनले अब सो अध्यायको पाना पल्टिने बताएका हुन् ।

विश्वका सहयोगी राष्ट्रहरुसँग सहकार्य गरेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै सामूहिक स्वार्थका लागि काम गर्न अमेरिका पुनः तयार भएको बाइडेनले मंगलबार बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

पूर्व उपराष्ट्रपति समेत रहेका बाइडेनले आफ्नो टिममा रहने परराष्ट्र नीति तथा राष्ट्रिय सुरक्षाका सदस्यहरुको परिचय गराउँदै आउँदो जनवरी २० मा सत्ता सम्हालेपछि ट्रम्पको ‘एकतर्फी राष्ट्रवाद’ को नीतिबाट अमेरिकालाई अलग गराउने संकेत गरेका हुन् ।

बाइडेनले आफ्नो मन्त्रीपरिषदमा दुई उदारवादी नेताहरु जो राष्ट्रपति उम्मेदवारीको होडमा बाइडेनका प्रतिस्पर्धी थिए, सिनेटर बर्नी सान्डर्स र एलिजाबेथ वारेन सामेल नहुने पनि संकेत गरेका छन् ।

महत्वपूर्ण नीतिहरु पारित गर्नका लागि विभाजित सिनेटमा उनीहरुको मत अत्यावश्यक हुने बाइडेनले बताएका छन् ।

चार वर्ष पहिले सत्तामा आएपछि ट्रम्पले अमेरिकालाई विभिन्न अन्तर्राष्ट्रिय मञ्च, सम्झौता र जिम्मेवारीहरुबाट अलग गरेका थिए । युरोपेली देशसँगको सम्बन्धमा ट्रम्प कालमा अमेरिका कमजोर भएको देखिन्छ । ट्रम्पको सम्बन्ध विश्वका अधिनायकवादी नेताहरुसँग नजिक र ‘घनिष्ट’ बनेको छ ।

आफ्नो टिमले पुरानै मान्यता र अपरिवर्तित व्यवहारको मान्यतालाई केन्द्रमा राखेर विदेश नीति बनाउने बाइडेनले बताएका छन् ।

बाइडेनले विदेश मन्त्रीका लागि आफ्ना विश्वास पात्र एन्टोनी ब्लिङ्कनको नाम प्रस्ताव गरेका छन् ।

गृहनगर डेलवरको विलमिङ्गटनमा बाइडेनले भने, ‘यो त्यो टिम हो जसले अमेरिकाले पुनरागाम गर्दैछ र विश्वलाई नेतृत्व प्रदान गर्न तयार छ भन्ने देखाउँछ । फेरि एकपटक अमेरिका विश्व मञ्चको केन्द्रमा बस्ने छ । सल्लाहकार तथा सहयोगीहरुलाई सहजता प्रदान गर्ने र सहकार्यको हात फैलाउने छ यो समूहले, हात छोड्ने छैन । हाम्रा मान्यताहरुका लागि डटेर उभिने छ ।’

ट्रम्प कालमा चीनसँगको सम्बन्ध खराब बनेको छ, तर रुससँग उसको ‘घनिष्टता’ बढेको देखिन्छ । यस्तै विभिन्न सम्झौता र संगठनहरुबाट बाहिरिएका कारण अमेरिकाको प्रभाव विश्वमा कमजोर बनेको छ ।

बाइडेन प्रशासनमा अमेरिकाको विदेश नीति बहुआयामिक र कूटनीतिक हुने देखिन्छ उनले चयन गरेका टिम हेर्दा ।

पेरिस सम्झौतामा जोन केरीले २०१६ मा विदेश मन्त्रीका रुपमा हस्ताक्षर गरेका थिए । तस्बिर : गेट्टी इमेज

बाइडेनले पूर्व विदेश मन्त्री जोन केरीलाई जलवायु परिवर्तन विशेष दूतको जिम्मेवारी प्रदान गर्ने घोषणा गरेका छन् । जनवरी २० मा बाइडेनले सत्ता सम्हालेपछि जोन केरी जलवायु परिवर्तन विशेष दूत हुने छन् ।

बाइडेनले लामो समयदेखि आफ्ना सहयोगी रहँदै आएका एन्टोनी ब्लिङ्कनलाई विदेश मन्त्रीका रुपमा नियुक्त गर्ने घोषणा गरेका छन् ।

अमेरिकामा नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावमा ट्रम्पलाई एक कार्यकालमा सीमित गर्ने गरि पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन विजयी भएका छन् ।

राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल कलेज मत चाहिनेमा बाइडेनले ३०६ मत पाउने निश्चित भएको छ । ट्रम्पको पक्षमा २३२ इलेक्टोरल कलेज मत परेको छ ।

चार वर्ष पहिले पपुलर मत (कुल मत) मा हिलारी क्लिन्टन भन्दा झण्डै ३० लाख मतले पछि परेर पनि ट्रम्पले ३०६ इलेक्टोरल कलेज मत पाएका थिए र आफ्नो जितलाई उनले ‘ल्याण्डस्लाइड’ का रुपमा परिभाषित गरेका थिए । बाइडेन कुल मतमा ६० लाख भन्दा बढिको अग्रता लिएका छन् ।

अहिलेसम्म ट्रम्पको कानूनी टिमले दायर गरेका कम्तिमा ३० मुद्दा खारेज वा विपक्षमा फैसला भएको छ । ती सबै मुद्दाको फैसलामा प्रमाण नभएको न्यायाधीशहरुले उल्लेख गरेका छन् ।

तर ट्रम्प प्रशासनले अन्ततः बाइडेनलाई अन्तरिमकालको काम गर्नका लागि औपचारिक रुपमा स्वीकृति प्रदान गरेको छ सोमबार ।

विदेश मन्त्रीका लागि चयन गरिएका ब्लिङ्कन ओबामा प्रशासनमा उप विदेश मन्त्री तथा डेपुटी नेशनल सेक्युरिटी एड्भाइजर थिए । उनले अमेरिकालाई विश्व मञ्चमा पुनः सहकार्यको बाटोमा ल्याउने गरि बाइडेनको महत्वपूर्ण परराष्ट्र नीतिको नेतृत्व गर्ने अपेक्षा गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बाइडेनले एभ्रिल हाइनेसलाई राष्ट्रिय गुप्तचर निकायको निर्देशकका रुपमा मनोनयन गर्ने घोषणा गरेका छन् । सिआइएकी पूर्व उप निर्देशक हाइनेस निर्देशकमा मनोनित हुने पहिलो महिला हुन् ।

होमल्याण्ड सेक्युरिटी मन्त्रीका लागि एलेजान्ड्रो मायोर्कास मनोनित भएका छन् । उनी सो पदका लागि मनोनित हुने पहिलो ल्याटिनो हुन् ।

ज्याक सुलिभानलाई बाइडेनले ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा मनोनित गरेका छन् । ओबामाको दोस्रो कार्यकालमा उनले बाइडेनको राष्ट्रिय सुरक्षा सल्लाहकारका रुपमा काम गरेका थिए ।

लामो समयदेखिकी कूटनीतिज्ञ लिन्डा थोमस–ग्रिनफिल्डलाई बाइडेनले संयुक्त राष्ट्रसंघमा अमेरिकी दूतका रुपमा नियुक्त गर्ने घोषणा गरेका छन् ।

यस्तै फेडरल रिजर्भीकी पूर्व अध्यक्ष ज्यानेट येलेनलाई बाइडेनले वित्त मन्त्रीका रुपमा चयन गर्ने खबर छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here