नेवाः एफ.एमकाे आयोजनामा १५ दिने उद्घोषण तथा रेडियो तालिम सम्पन्न

146
काठमाडौं —  नेवाः एफ एमको आयोजनामा भएको १५ दिने  उद्घोषण तथा रेडियो कार्यक्रम उत्पादन तालिम सम्पन्न भएकाे छ । 

एफ.एमकै भवनमा गत शनिबार भएको समापन तालिममा  प्रमुख अतिथीका रुपमा रेडियो नेपालका  समाचार शाखाका प्रमुख, वरिष्ठ साहित्यकार एवम् पत्रकार डा. नवराज लम्सालले रडियोलाई सुव्यवस्थित रुपमा रुपमा सञ्चालनका लागि व्यवसायिक्तामा जोडदिनु पर्ने औल्याउँदै  प्रशिक्षार्थीहरू प्रमाणपत्र वितरण गरेकाे थिए ।

कार्यक्रममा  विशेष अतिथि रेडियो नेपालका एक कुशल संचारकर्मी डुण्डराज पन्थीले सन्तानले डाडाकाडाँ ढाकुन भने जस्तै हाम्रो पनि अव परिवार बढ्दै गएको  धारणा राख्दै तालिममा सबैले आफ्नो कुरा सुनेको प्रति खुशी प्रकट गरे  ।

सहभागी प्रशिक्षार्थीहरूले यस १५ दिने विशेष तालिमबाट आफ्नो जीवनमा अघि बढ्नका लागि मद्दत गर्नुका साथै थप उर्जाप्राप्त भएको धारणा राखेका थिए ।

नेवाः एफका  प्रबन्ध निर्देशक श्रीकृष्ण महर्जनले आपूmहरुले बन्द भइरहेको  एफमलाई अगाडि बढाउनका लागि समुदायलाई लक्षित गरी अगाडि बढाएको अवगत गराउँदै अहिले जुन स्थानमा छ सम्पूर्ण साथीहरुको महत्वपूर्ण योगदान भएको जनाए । कार्यक्रममा  नेवाः एफ एमका कार्यक्रम निर्देशक हुनु भएका शंकर थापा अथितिको रुपमा पाल्नु भएको थियो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here