दुईअध्यक्षबीचकाे भेट सकियो

94

काठमाडौं- डबल नेकपाका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार भेट भएको छ।

भेटका लागि प्रचण्ड साढे ११ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेको उनको सचिवालयले जानकारी दिएको छ। भेटघाटमा सामान्य छलफल बाहेक अन्य कुनै ठोस कुरा नभएको बताइएको छ।

दुई अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्तावले गर्दा नेकपाको विवाद उत्कर्षमा पुगेको छ। उनीहरुबीच भेटवार्ता पनि पातलिएको छ।

ओलीको अनुपस्थितिका बीच प्रचण्डले मंसिर २१ गते स्थायी कमिटी बैठक सञ्चालन गरेका थिए। स्थायी कमिटीकै अर्को बैठक मंसिर २८ गतेका लागि बोलाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here