काठमाडौं । नबिल बैंक लिमिटेडले दैलेखको दुल्लुमा नयाँ शाखा विस्तार गरेको छ । २ सय ६८औं शाखाको रूपमा दुल्लु नगरपालिकामा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा आएको बैंकले जनाएको छ ।
योसँगै नबिल बैंक दुल्लु नगरपालिकामा बैंकिङ सेवा दिने पहिलो निजी बैंक बन्न पुगेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
दुल्लु नगरपालिका प्रमुख भरतप्रसाद रिजालले नबिल बैंकको शाखा सञ्चालनमा आएसँगै स्थानीयलाई वित्तीय सेवा लिन निकै सहयोग पुग्ने जनाए ।
नयाँ शाखा उद्घाटन कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीय उद्यमी व्यवसायी तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।


















