नेपालगञ्जमा भ्रष्ट्राचारविरुद्धको सम्मेलन जारी 

192

नेपालगञ्ज -भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस देशैभरका भ्रष्ट्राचारविरुद्ध सक्रिय विभिन्न संस्थाहरुले कार्यक्रम गरी मनाउँदैछन् । वागेश्वरी असल शासन क्लव बासले आज आफ्नो २० औँ वार्षिकोत्सव तथा भ्रष्टाचारविरुद्धको सम्मेलन आयोजना गरेको छ । बाँकेको नेपालगञ्जमा जारी वार्षिकोत्सव तथा भ्रष्ट्राचारविरुद्धको सम्मेलनमा पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले सम्बोधन गर्दै हुनुहुन्छ ।

बासले आफ्नो वार्षिकोत्सवको अवसरमा वार्षिक कार्यसम्पादनको आधारमा तीन उत्कृष्ट शाखालाई सम्मान गरेको छ । वर्षभरी भ्रष्ट्राचारविरुद्धका कार्यक्रमहरु र तीनका उपलब्धीका आधारमा बास स्याङ्जा शाखा तृतिय, बास रुपन्देही शाखा द्धितिय र बास बाँके शाखा प्रथम भएका छन् । हरेक वर्ष कार्यसम्पादनका आधारमा उत्कृष्ट शाखा छनौट गरी प्रोत्साहन गरिँदै आएको छनौट समितिकी संयोजक दिला शाहले जानकारी दिनुभयो ।

स्थानीय तहसँग मिलेर जिल्लामा भ्रष्ट्राचार न्युनिकरणका लागि चेतना अभिवृद्धी, विद्यार्थी जागरण तथा अन्तरक्रियाजस्ता कार्यक्रम बास स्याङ्जा शाखाले वार्षिक रुपमा आयोजना गर्दै आएको शाखाका अध्यक्ष एवं गण्डकी प्रदेश संयोजक चुत्रबहादुर महतले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here