आज ७ सय २२ जना संक्रमित थपिए

67

काठमाडौं – नेपालमा कोरोना भाइरसका आज ७ सय २२ जना संक्रमित थपिएका छन् ।  योसंगै कुल संक्रमितको सख्या २ लाख ५५ हजार २ सय ३६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ९ सय ६६ जना संक्रमणमुक्त भएका छन् ।  आजसम्म २ लाख ४५ हजार ७ सय ९ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।  आज २४ घण्टामा थप ३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।  योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय ९८ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here