काठमाडौं- नेकपा विवादमा एक पक्षको नेतृत्व गरिरहेका केपी ओलीले बालुवाटारमा मंगलबार आयोजना गरेको भेलाले महाधिवेशनको मिति तोकेको छ। केहीबेर अघि सकिएको भेलाले २०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको हो। यसअघि २०७६ माघमा बसेको केन्द्रीय कमिटी र २०७७ असार-भदौमा बसेको स्थायी कमिटी बैठकले २०७७ चैतमा महाधिवेशन गर्ने निर्णय गरेको थियो।
भेलाले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी पनि गठन गरेको छ।


















