देशलाई समृद्ध बनाउँछु भन्ने सरकारले देशलाई कंगाल बनाउँदै छ !

101
–प्रीति रमण

देश बनाउला भन्ने आशा गरिएको कम्युनिष्ट पार्टीको सरकारले देशलाई कंगाल बनाईरहेको छ भन्ने संकेतका रुपमा ट्रान्सपरेन्सी ईन्टरनेशनलको रिपार्टले नै स्पष्ट गरिरहेको छ । भ्रष्टाचारले बदनाम भैरहेको केपी ओली सरकार पूर्वराजा ज्ञानेन्द्र भन्दा शक्तिशाली आपूm भइरहेको  महशुस गरिरहेका छन् भन्ने संकेत हालका दिनहरुमा भइरहेका सरकारी गतिविधिले प्रष्ट गरिरहेका छन् । सरकारले जनताका आवाजलाई सुन्न चाहिरहेको छैन । भ्रष्टाचारले सरकार दुर्गन्धित भइरहेको छ । कुनै पनि क्षेत्रमा जनता सन्तुष्ट छैनन् ।

एकातिर संसारमा संकट ल्याइरहेको कोरोना भाइरसको समस्या छदैछ । अर्कोतिर सरकारले कोरोना भन्दा पनि खतरनाक भाइरसको काम गरिरहेको छ । सरकारले जनताका आवाजलाई सुन्न नचाहनु भनेको देशमा समस्या बल्झाउनु हो ।  समस्याहरु समाधान गर्दै जानुको साटो सरकारले समस्याहरुलाई बढाउदै लैजाने काम गरिरहेको छ । यस्तो तरिकाले गरिने शासनबाट न देशलाई समृद्ध बनाउन सकिन्छ न त जनतालाई सुखी बनाउन नै सकिन्छ ।

इतिहासमा पढिएको हो नेपालमा जहानिया राणा शासन थियो । राणाहरुसँग भएको जस्तो शक्ति पछिका शाहबंशीय राजाहरुसँग पनि भएन । तर पनि राणाशासन ढल्यो र देशमा राजनीतिक गतिविधिको शुरुवात भयो । राणाशासन ढलेपछि  प्रजातान्त्रिक व्यवस्थामा नेपालमा राजनीतिक दलहरुको उदय भयो ।  राजनीतिक दलहरुले जनताका समस्यालाई ध्यान दिन नसक्दा राजाले टाउको उठाएको स्पष्ट छ । दलहरुको असफलतामाथि नै राजाले प्रहार केन्द्रीत गरेर राजनीतिक दलहरुमाथि  प्रतिबन्द लगाउँदै । निर्दलीय पञ्चायती व्यवस्था लागू गरेका हुन् । यो सबैलाई जानकारी भएकै विषय हो ।

विं सं।२००७ मा प्रजातन्त्रको स्थापना भएसँगै खुल्ला राजनीतिको वातावरण सिर्जना भएको थियो । त्यस अवधिमा विभिन्न मिसनसहित राजनीतिक दलहरूको गठन सुरु भएका थिए । यसलाई सम्म प्रगतिशील परिवर्तन मान्नै पर्छ । तर दलहरुले गर्नु पर्ने आफ्नो जिम्मेवारी सम्झिन सकेनन् । जनताको हितमा र देशको विकासमा ध्यान दिनुपर्छ भन्ने कुरा तर्पm दलहरुको ध्यान पुगेन त्यसैले नै जनतामा असन्तुष्टि बढेर गएको थियो । जनताले हालका दिनमा जस्तै  राजा आउ देश बचाउ भनेर सडकमा नाराबाजी गर्न पुगेको अवस्थाले तत्कालीन राजा महेन्द्रलाई दलहरु विरुद्ध कदम चाल्न प्रोत्साहन मिलेको हो । जसको परिणाम स्वरुप देशमा २०१७ आयो । राजा महेन्द्रले निर्वाचित सरकारलाई अपदस्थ गर्दै निर्दलीय प्रजातन्त्रको स्थापना गरेपछि करिब ३० वर्षको अवधिमा खुल्ला राजनीतिक वातावरणको अवस्था रहेन ।

त्यो राजाको कदमलाई सच्याउन दलरुलाई ३० वर्ष लाग्यो । अर्थात देशमा राजनीतिक स्वतन्त्रता  पुनर्वहाली गर्न ३० वर्षसम्म संघर्ष गर्नु प¥यो । यो एैतिहासिक तथ्यलाई  बुझ्न सक्नु पर्दछ । राजनीतिक  दलहरुमा प्रतिबन्ध लागेपछि दलहरुले भूमिगत शैलीमै भएपनि आफ्ना मिसनमा कामलाई निरन्तरता दिएर २०४६ सालमा निर्दलीयतालाई  समाप्त गरे । तर पनि दलहरु स्वतन्त्र भएको ३१ वर्ष पूरा भइसकेको अवस्थामा समेत जनताले आफ्नो अधिकार पाएको अनुभव गर्न पाइरहेका छैनन् । वर्तमान दलीय स्वतन्त्रता  जनआन्दोलनको बलबाट प्राप्त भएको हो । त्यसैले जनतालाई सन्तुष्टि भएन भने फेरि पनि दलहरुमाथि प्रतिबन्ध लगाउने अवस्थामा राजतन्त्रले टाउको उठाउन सक्छ भन्ने कुरा हालका दिनहरुमा सडकबाट राजाको पक्षमा भइरहेको प्रदर्शन र नाराबाजीले सन्देश दिएकै छ ।

राजनीतिक स्वतन्त्रता भएपनि जनताका आवश्यकता पूरा नभएकाले जनताका आवश्यकतालाई प्राथमिकतामा राख्दै २०५२ सालदेखि देशमा सशस्त्र युद्ध सुरु भएको थियो ।  तत्कालीन नेकपा माओवादीले थालनी गरेको सशस्त्र युद्धले ठूलो संख्यामा जनक्षति र धनको पनि क्षति गरायो । तर त्यो क्षति अनुसारको उपलब्धी देशले र नेपाली जनताले पाउन सकेको महसुस अझै पनि हुन सकेको छैन ।

जनता र देशप्रतिको जिम्मेवारीलाई वेवास्ता गर्दा तत्कालीन राजाले २४० वर्ष पुरानो आफ्नो सत्तालाई गुमाउनु प¥यो । पछिल्लो समय राजनीतिक दलहरूमा पनि जनता र देशको आवश्यकतालाई महत्व नदिएर आफ्नो र आफ्ना निकटहरुको स्वार्थमा मात्र काम गर्नाले देशमा जन असन्तुष्टि बढ्दै गएको छ ।

वर्तमान संविधानले नै समाजवादको परिकल्पना गरेको छ ।  प्रजातन्त्र र समाजवाद सहितको राजनीतिक उद्देश्य बोकेको नेपाली कांग्रेसले इतिहासदेखि वर्तमान अवस्थासम्म पटक–पटक गरेका गल्ती र राजनीतिक उद्देश्यबाट धर्मराउँदा मुलुकले निकै ठूलो क्षति ब्योहोर्दै आएको छ भन्ने कुरा  बुझ्न सक्नु पर्दछ ।  त्यसैगरी वर्तमान सत्तासीन कम्युनिष्ट पार्टीले जनताका  आवश्यकता के हुन् भन्ने कुरालाई महत्व दिएर काम गर्न सक्ने हो भने गर्न नसकिने केही छैन । हामीसँग स्रोतहरु छन् । हामीसँग श्रमशक्ति पर्याप्त छ । हामीले चाहेपछि धेरै काम गर्न सक्छौं, धेरै उन्नती गर्न सक्छौं, हामी आत्मनिर्भर बन्न सक्छौं भन्ने  दृढताका साथ काम गर्न सक्ने हो भने असम्भव केही छैन । तर दुर्भाग्य नै भन्नु पर्छ — देशलाई समृद्ध बनाउन चाहने सरकारले देशलाई कंगाल बनाउँदै छ !–जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here