आइएमएसको स्मार्टडोकोले ल्यायो रिलोडेड अफर

71

काठमाडौ ।  आइएमएसले ई कमर्स कम्पनी स्मार्टडोकोमा लगानी गरेपछि स्मार्टडोको रिलोडेड अफर सार्वजनिक गरेको छ। नयाँ वर्ष २०२१ लाई लक्षित गर्दै कम्पनीले यो अफर सार्वजनिक गरेको हो। यो अफरअन्तर्गत ग्राहकले विभिन्न छुट सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको  छ।

स्मार्टडोकोले मोबाइल एप तथा वेभसाइटसमेत अपडेट गरी नयाँ भर्जनको लन्चसमेत गर्ने योजना ल्याएको छ। ग्राहकहरुले रिलोडेड अफरमा छुट प्राप्त गर्न स्मार्टडोकोको नयाँ भर्सनको एप डाउनलोड गरेको हुनपर्ने कम्पनीले जानकारी दिएको छ। यो अफर २५ डिसेम्बर देखि १ जनवरी २०२१ सम्म लागू हुने कम्पनीले जनाएको छ।

स्मार्टडोकोको यो अफरअन्तर्गत न्यूनतम २५ सय रुपैयाँसम्मका सामग्री अर्डर गर्नै ग्राहकहरूलाई १५ प्रतिशत छुट दिने भएको छ। स्मार्टडोकोले नेपालभर निःशुल्क डेलिभरी गर्ने समेत जानकारी दिएको छ।

यसका साथै स्मार्टडोकोमा सामग्री अर्डर गरी ई–सेवाबाट भुक्तानी गर्दा ३ भाग्यशाली व्यक्तिले १५ सयसम्मको क्यासब्याक पाउनेछन्। हिमालयन बैंकबाट भुक्तानी गरे २५ प्रतिशतको छुट सुविधासमेत पाइनेछ। तर यस्तो छुट बढीमा हजार रुपैयाँसम्म मात्र हुने समेत कम्पनीले जानकारी दिएको छ। यसैगरी नेपाल इन्भेस्टमेन्ट बैंकबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु। १००० को सिमा हुनेछ। यसका लागि भने न्यूनतम् अर्डर २ हजारको हुनुपर्ने जनाइएको  छ।

यस्तै माच्छापुच्छ्रे बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा २५ प्रतिशतको छुट पाइनेछ जस्मा रु। ५०० को सिमा हुने जानकारी कम्पनीले दिएको छ। यस्तै स्मार्टडोकोको यो अफरअन्तर्गत सामसुङ, एमआई र वन् प्लस् ब्रान्डका स्मार्टफोन खरिद गर्दा एक वर्षसम्मको ब्रेकेज बीमा सुविधा पाउने समेत जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here