काठमाडौं–प्रतिनिधिसभा विघटनविरुद्ध आज काठमाडौंमा वृहत नागरिक प्रदर्शन हुने भएको छ। ‘प्रतिगमनको सशक्त विरोध गरौं’ भन्ने नारासहित नागरिक अगुवाहरुले आज शनिबार दिउँसो २ बजे माइतीघरमा प्रदर्शन गर्ने भएका हुन्। ‘प्रतिगमनविरुद्ध नागरिक आन्दोलन’ को ब्यानरमा हरेक दिन दिउँसो २ बजे माइतीघर मण्डलामा प्रदर्शन गरिने जनाइएको छ। आजको प्रदर्शनमा शंखसहित सहभागी हुने आयोजकले जनाएका छन्।

















