काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ६ सय ५९ जना संक्रमित थपिएका छन् ।
योसंगै कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज ७ सय १८ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । २४ घण्टामा कोरोनाबाट ७ को मृत्यु भएको छ ।
हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८३२ रहेको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २७८ जना कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेमा १११ महिला र १७६ जना पुरुष रहेका छन् । काठमाडौंमा २०७, ललितपुरमा ४९ र भक्तपुरमा २२ जना कोरोना संक्रमित देखिएका हुन् ।


















