काठमाडौं- सर्लाहीकाे लालबन्दी नगरपालिका-१ गुरुबजारस्थित राजेन्द्र कुमार सिंहको किराना पसलमा विद्युत करेन्ट सर्ट भई मंगलबार बिहान आगलागी हुँदा किराना पसल पूर्णरूपमा जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
साथै सुनसरी, रामधुनी नगरपालिका-४ बस्ने राजन भट्टराईको घरमा विद्युत सर्ट भई सोमबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजार घर भई सोही नगरपालिका-४ स्थित भद्रपुर रोडस्थित उमेश साहको ग्यालेक्सी अटो ग्यारेजमा करेन्ट सर्ट भई सोमबार साँझ आगलागी हुँदा ग्यारेजमा बेच्न राखिएका नयाँ तथा पुराना अटोहरू र अटोका पार्टपुर्जाहरू जलेर नष्ट भएको छ । क्षति विवरण हाल प्राप्त हुन बाँकी रहेको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

















