राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान

85
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभाको अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको थियो। शुक्रबार मन्त्रिपरिषद् हेरफेरपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको थियो।

चल्दाचल्दैको नियमित अधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले असार १८ गते अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए। मन्त्रिपरिषदको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले सोही दिनबाट दुवै सदनको अधिवेशन अन्त्य गरिदिएकी थिइन्।

प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन संसद् अधिवेशन अन्त्य गरेको भन्दै तीव्र आलोचना भएको थियो। संसद्‍मा दुई दर्जन विधयेक विचाराधीन अवस्थामा रहेकै बेला प्रधानमन्त्री ओलीले एक्कासी संसद् अधिवेशन अन्त्य गराएका थिए।

यसैबीच सरकारले प्रतिनिधिसभा विघटन गरेको छ भने राष्ट्रियसभा मात्रै अब सञ्चालन हुनेछ।

No description available.

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here