पद्यमसुगन्ध क्लबको आयोजनामा ५० केजीकाे योमरी प्रदर्शन

443
काठमाडाैं – पद्यमसुगन्ध क्लवको आयोजनामा प्रथम पटक ‘हाम्रो संस्कृति हामिले नै बचाउँ’ नाराका साथ योमरी पुर्णिमा पुष १५ गते बुधबार बसन्तपुरको महादेवपार्बती दवलिमा मनाएकाे छ ।
करिव ५० केजी रहेकाे कलात्मक याेमरी समेत प्रदर्शन गरिएकाे कार्यक्रममा प्रमुख अतिथिका का.म.पा. उपमयर हरिप्रभा खड्गी (श्रेष्ठ) ले महादेवी पार्वती मन्दिरमा पूजाआजा तथा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयाे ।
यस एतिहासिक सांस्कृतिक कार्यक्रममा प्रदेश नं. ३ का सांसद माननीय बिराज भक्त श्रेष्ठ, प्रदेश नं. ३ का माननीय वसन्त मानन्धर तथा रन्जित चुक पुचका अध्यक्ष तथा क्लवका महासचिव सुमितदास रन्जितकार, जागरुक युवा समाजका उपाध्यक्ष बिभुती मानन्धरसमेत अतिथिका रुपमा पाल्नु भएको थियो ।
उपत्यकामा छरिएर रहेको कला, संस्कृति, सम्पदा तथा भाषा स्थापनका निम्ति काठमाडौं २१ वडा स्थिति स्थानीय युवाहरुको सकृयतामा स्थापना भएको यस पद्यमसुगन्ध क्लवको पध्मसुगन्ध क्लबका अध्यक्ष दामोदर लाल कारन्जित हुनु हुन्छ ।

कार्यक्रमका महासचिव सुमितदास रञ्जितका अनुसार आगामी दिनहरूमा युवा तथा महिलाहरुलाई उद्यमी बनाउन आगामी दिनहरु यस्तै कार्यक्रमहरुको आयोजना तथा सामाजसेवा सम्बन्धि विविध कार्यक्रमको गर्ने जनाए ।
कार्यक्रममा योमरी पुर्णिमाको संक्षिप्त इतिहाससहित नेपाली तथा अंग्रेजी भाषाका ब्यानर प्रर्दशन समेत गरिएकाे कार्यक्रमको सहआयोजक रन्जित चुक पुचः, जागरुक युवा समाज बनेको थियो । – रिदेन महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here