आइसक्रीमकाे बट्टामै भेटियो कोरोनाभाइरस भेटिएपछि …

162
एजेन्सी – चीनको तियानजिन नगरपालिकामा आइसक्रीमका थुप्रै बट्टामा कोरोनाभाइरस भेटिएपछि अधिकारीहरू संक्रमित व्यक्तिहरूको पहिचानमा जुटेका छन् ।

स्थानीय स्तरमा उत्पादित आइसक्रीमका तीनवटा स्याम्पलमा कोरोना भेटिएको हो ।

लगभग ४८ सय ३६ बक्समा कोरोना भेटिएको तियानजिन दाकियाओदाओ फूड कम्पनीले जनाएको छ । तीमध्ये २ हजार ८९ वटालाई सील गरिएको छ ।

बाँकी १८ सय १२ वटालाई अन्य प्रान्तमा पठाइसकिएको थियो र ९३५ वटा स्थानीय बजारमा गइसकेका थिए । तर ६५ वटा मात्र बिक्री भएको चाइना डेलीले खबर दिएको छ ।

कम्पनीका १६ यि ६२ कामदारलाई सेल्फ आइसोलेसनमा बस्न भनिएको छ । उनीहरूको स्वास्थ्य परीक्षण पनि गरिएको छ । लीड्स विश्वविद्यालयका भाइरोलोजिस्ट डा स्टिफन ग्रिफिनले मानिसको सम्पर्कमा आइसक्रीम कोरोना पोजिटिभ देखिएको हुन सक्ने र यो एक्लो घटना भएको बताए ।

यसबाट आत्तिनुपर्ने कारण नरहेको उनको भनाइ छ । ४ माघ, विराटनगर । पित्त थैलीको शल्यक्रिया गर्न भर्ना भएकी महिलाको मृत्यु भएपछि मृतकको आफन्तले विराटनगरको अवधनारायण मेमोरियल क्लिनिकमा तोडफोड गरेका छन् ।

बेलबारी नगरपालिका– ८ की ३२ वर्षीया सजना राईको मृत्यु भएपछि आक्रोशित बनेका आफन्त र स्थानीयले आइतबार क्लिनिकमा तोडफोड गरेका हुन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here