केही दिनपहिला कलेजोमा आएको समस्याका कारण उपचारको लागि उनलाई वीर अस्पताल भर्ना गरिएको थियो । अस्पतालको आईसियुमा उपचाररत दाहालको हिजो बुधबार अपरान्ह ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।
सिन्धुलीको सुनकोशी गाउँपालिका, वडा नं। ७ नांगेडाँडा निवासी दाहाल ३ दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा निरन्तर कार्यरत थिए ।
नेपाली पत्रकारिताले एक इमानदार र अनुभवी पत्रकार गुमाएको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले जनाए ।दाहालको एक छोरा र श्रीमती रहेकाे छ ।


















