मन्त्रालयले आगामी तीन वर्षभित्र सात लाख ५० हजार फुसका छाना विस्थापन गर्ने योजना अगाडि सारेको छ । चालू आर्थिक वर्षमा एक लाख ५० हजार सुरक्षित नागरिक आवास भवन निर्माण गर्ने कार्यक्रम छ । यस्तै व्यवस्थित र योजनाबद्ध सहरीकरणका लागि देशभर हाल तीन सय किलोमिटर सडक कालोपत्रे, ४३ वटा ठूला बसपार्क, ४० वटा सभाहल तथा सिटी हल, ५० भन्दा बढी मनोरञ्जन र हरियाली पार्क निर्माणका योजना अगाडि सारिएको छ ।
देशभरका २७ वटा नयाँ सहर र भरतपुर महानगरसहित १४ वटा स्मार्ट सिटीका सहर निर्माणको योजना अघि बढाइएको सचिव सिंहले जानकारी दिए । मन्त्रालयले भरतपुर अस्पतालमा बिरामी कुरुवा घर, भरतपुर महानगरमा १८ किलोमिटर सडक कालोपत्रे काम सकेको छ भने यसै आर्थिक वर्षमा ४२ किमी सडक निर्माणाधीन अवस्थामा छ ।
महानगर सिटी हल, रत्ननगर सभाहल, सौराहा सभाहल, रानीपोखरी पार्क, लक्ष्मीनारायण पार्क, केन्द्रीय बसपार्क र देवघाट शव दाहसंस्कार गृह निर्माणको कामलाई मन्त्रालयले अघि बढाएको छ ।
मन्त्रालयले अघि सारेका योजनामध्ये भरतपुर महानगर सिटी हल मुख्य योजना हो । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार मात्र एक विशेष समारोहबीच यसको शिलान्यास गर्नुभयो । सिटी हलका लागि मन्त्रालयले एक अर्ब २० करोड रुपियाँविनियोजन गरेको छ । गोरखापत्र दैनिकबाट

















