कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने : पूर्वराजा ज्ञानेन्द्र शाह

109

काठमाडौं – पूर्वराजा ज्ञानेन्द्र शाहले जनमतको अनादर गरी कुर्सीको लागि निर्लज्ज हुनु कदापि सह्‍य नहुने जनाएका  छन्। राजाले सामाजिक सञ्चालमा ट्वीट गर्दै सत्ताको खेल बन्द, हडताल गर्नु अमानवीय क्रियाकलाप भएको जनाएका हुन्।

जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जाने उनले तर्क गरेका छन्। सत्ताको खेल जनताको मन जितेर खेल्नुपर्ने उनले जनाएका  छन्।

‘जनताको दैनिकीमा ध्यान नदिई आफ्नै राग अलाप्दै आत्मरतीमा रमाउने शासकहरू रहेसम्म आम नागरिकलाई आफ्नो जीविका चलाउन पनि धौ धौ पर्न जान्छ’ उनले लेखेका छन्, ‘सत्ताको खेल जनताको मन जितेर खेलिनु पर्दछ न कि बन्द, हडताल वा जन विरोधी क्रियाकलापले। जनमतको अनादर गरी कुर्सीका लागि निर्लज्ज हुनु कदापी सह्य हुन्न।’

दुईतिहाइनजिक बहुमत प्राप्त गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएर आम हड्तालको बाटो रोजेपछि पूर्वराजाले मुख खोलेको हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here