अवदेखि नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने

145

काठमाडौँ । नयाँ सवारी साधन खरिद गर्दा सवारी दर्तादेखि नै इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने व्यवस्था गरिएको छ ।

नम्बर प्लेटमा एकरूपता ल्याउन तथा सवारी साधनको वैज्ञानिक व्यवस्थापनका लागि नयाँ खरिद गरिने दुईपाङ्ग्रे, चारपाङ्ग्रेलगायत सबै प्रकारका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका महानिर्देशक गोगनबहादुर हमालले नयाँ खरिद गरिने सवारी साधनले दर्तादेखि नै अनिवार्य रूपले इम्बोस्ड नम्बर प्लेट लिनुपर्ने प्रावधान लागू गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार विभागले यसै महिनादेखि नै यो प्रावधान लागू गर्न लागेको हो । गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here