कीर्तिपुरकाे आयुर्वेद क्याम्पसमा नारीहरुलाई सम्मान

236

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा  गत फागुण २१ गते त्रि.वि आयुर्वेद क्याम्पस कीर्तिपुरको आयोजनामा  गर्व संसार Healthy Baby For Healthy Nation”भन्ने मुल नाराका साथ एक कार्यक्रम गरि नारीहरुलाई सम्मान गरेकाे छ ।

 १११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा चिकित्सा शास्त्र अध्ययन संस्थान आयुर्वेद क्याम्पस कीर्तिपुरका उप प्राध्यापक डा।काजल झा (विभागाध्यक्ष,स्त्रीरोग तथा प्रसूति तन्त्र विभाग) को पहलमा कार्यक्रम भएकाे थियाे ।

आयुर्वेद क्याम्पस शिक्षण अस्पतालका कार्यकारी निर्देशक सह-प्रध्यापक डा. राज किशोर शाहको प्रमुख आतिथ्यमा आयुर्वेद क्यापक कीर्तिपुरका प्रमुख डा. शिवमंगल प्रसादले कार्यक्रममा उपस्थित स्त्री डक्टरहरु,महिला कर्मचारीहरु साथै वडा स्तरीय महिला संजाल-९ का महिला दिदीबहिनीहरु लाई समेत आ आफ्नै स्थानमा गई खादा ओढाई सम्मान गरेकाे थियाे । अाफूले यसरी सम्मान गराउन पाउँदा  मैले थरी थरीका देवीहरुलाई सम्मान गरिरहेको जस्तो अनुभव प्राप्त भएकाे धारणा प्रमुख अतिथि शिवमंगलले धारणा राखे ।

कार्यक्रममा डा.काजल झा र डा.प्रतिभा त्रिपाठीले महिला गर्वाअवस्थामा गर्नुपर्ने स्याहार सुसार,योगा, खानेकुराहरुको विषयमा पनि एउटा सचेतना मूलक भिडियो समेत प्रस्तुति गरेको थियो । – अनिता महर्जन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here