सिरहा विस्फोटमा सख्त घाइते दुईलाई काठमाडौंमा पठाउदै

77
जनकपुरधाम । बम विस्फोटमा परी सख्त घाइते भएकालाई उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ । नायब सुब्बासहित सख्त घाइते दुई जनालाई काठमाडौं पठाउने तयारी भइरहेको सिरहा प्रहरीले जनाएको हो ।

विस्फोटमा घाइते भएका मालपोत कार्यालय लहानका नायब सुब्बा शिवकुमार यादव र अर्का एकजना (सेवाग्राही) लाई थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको सिरहाका डीएसपी तपन दाहालले जनाए ।

“घाइते दुईजनालाई हेलिकोप्टरबाट थप उपचार लागि काठमाडौं पठाउँदै छौं,” उनले भने, “अहिलेसम्मको जानकारी अनुसार दुईजना सिकिस्त रहेका छन् । हेलिकप्टर मगाएका छौं । आउनेबित्तिकै पठाउँछौं ।” घाइते यादवसहित सातजना घाइतेको उपचार लहान अस्पतालमा भइरहेको जानकारी प्राप्त भएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here