काठमाडौं– टोखा नगरपालिका–३ मा एक युवकको हत्या गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ बेलबारी–२ घर भई टोखा बस्ने २२ वर्षीय आशिष लिम्बूको हत्या अभियोगमा तीन जना पक्राउ गरेकाे हाे ।
महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार लिम्बूको शव सडक नजिकै फेला परेको थियो। उनी लागू औषध दुर्व्यसनी रहेको खुलेको छ।
लिम्बूको झगडा वर्कशपमा काम गर्नेहरुसँग भएको र उनीहरुले नै मारेर झाडीमा फालेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ। बाँसको झ्याङमा तन्नामा बेरेर फालेको अवस्थामा शव भेटिएको छ।
अभियुक्तमध्ये दुईजनालाई काठमाडौं र अर्को एकलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

















