प्रायः जसाे हरेक मानिसकाे बिहान उठ्ने वितिक्कै स्वाथ्यकाे बेवास्ता गर्दै बेग्ला बेग्ला कार्य शुरू गरिन्छ । तर ज्ञानकाे अभावका कारण यी कार्यले स्वाथ्यलाइ समेत असर पारेकाे हुन्छ । हुनत बिहान सबेरै उठ्नु राम्रो बानी हो तर जुन मानिसको दिनकाे सुरूवात राम्रो हुन्छ, त्यसको प्रभाव दिनभरी नै हुने मान्यता रहेकाे छ हाम्राे समाजमा ।
यदि विहानको समय राम्रो भएन भने दिनभरीनै नराम्रो हुन्छ भनिन्छ । तर हामी जानेर वा नजानेर केही गल्तीहरु गरिरहेका हुन्छौँ जसले हाम्रो दैनिकीलाई नै खल्लो बनाइदिन्छ ।
विहान उठ्न बितिकै यी काम कहिलैं नगर्नुस् :
आँखा खोल्नसाथ मोवाइल नचलाउने : प्रायजसो मानिसहरु निद्रा खुल्नसाथ मोवाइल हेर्ने गर्दछन् । फोनमा आएको इमेल, म्यासेज चेक गर्नले उठ्नु अघि नै तनाव उत्पन्न गरिदिन्छ । त्यसैले मोवाइल हेर्नुको सट्टामा पुस्तक पढ्ने वा ध्यान गर्नु उपयुक्त हुन्छ ।
धुम्रपान: हुनत धुम्रपान जुनसुकै समयमा गर्नु स्वास्थ्यलाई नोक्सान पुर्याउँनु नै हो । तर पनि अझ बिहान उठ्ने बित्तिकै धुम्रपान गर्नु निकै खतरा हुन्छ । जलले गर्दा क्यानसर हुने सम्भावना बढि हुन्छ ।
मदिरा सेवन नगर्ने : कतिपय मानिसहरुले मदिरा सेवन गरेर दिनको सुरुवात गर्ने गर्दछन् । तर बिहान उठनसाथ मदिरा सेवन गर्नाले स्वास्थ्यमा असर पार्नुका साथै विभिन्न रोगको शिकार हुन सक्छ ।
शरीर तन्काउनु हुँदैन : धेरैजसो मानिसको उठ्नसाथ जिउ तन्काउने बानी हुन्छ । तर त्यो गर्नु राम्रो होइन । बिहान उठ्नसाथ जिउ तन्काउनाले दिनभरी नै शरीरमा असर पर्न सक्छ । तसथै बिहान विस्तारै उठ्नु र शरीरलाई बोझ नपार्नु नै राम्रो हुन्छ ।
फेरी नसुत्ने : कतिपय व्यक्तिको एक पटक उठेर फेरी सुत्ने बानी हुन्छ । जुन बानी एकदमै नराम्रो बानी हो । जसको कारण निद्रा पुरा भए पनि मानिसले फ्रेश अनुभव गर्न सक्दैन । जसले गर्दा दिनभर नै सुस्त देखिने र काम गर्न पनि मन नलाग्ने हुन्छ ।


















