अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना

89

काठमाडौं ।  नेपाल प्रहरी स्मारक गुठी र पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेल बिच नेपाल प्रहरीमा कार्यरत अशक्त प्रहरी कर्मचारीहरूको जीविको पार्जन तथा औषधि उपचारमा सहयोग पुर्‍याउने उद्देश्यका साथ अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति स्थापना भएको छ ।

नेपाल प्रहरी स्मारक गुठी तथा पूर्व प्रहरी महानिरीक्षक खरेलद्वारा गत असोज २० गते स्थापित ‘अच्युत-मिना अशक्त प्रहरी कर्मचारी वृत्ति’ आगामी मंसिर महिनाबाट कार्यान्वयनको चरणमा रहेको छ । कर्तव्य पालनको सिलसिलामा अशक्त भएकामध्ये प्रहरी जवान २ जना, प्रहरी हवल्दार २ जना, प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना र सिनियर प्रहरी अधिकृत १ जना गरी जम्मा ७ जना प्रहरी कर्मचारीहरूको छनौट गरी वृत्ति प्रदान गरिने उक्त स्मारक गुठीले जनाएको छ । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ काठमाडौं, १० कात्तिक बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं टोखा नगरपालिका-५ बसुन्धरा बस्ने अर्घाखाँची पाणिनी गाउँपालिका-८ घर भएकी ३५ वर्षीया अप्सरा खातुनलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटनको २०७७ मंसिर १६ गतेको फैसलाले ७ दिन कैद र ७३ लाख ५० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१० चुन्नीखेलबाट पक्राउ गरेको हो ।

खातुनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी-जानी पीडितलाई झुक्यानमा पारी नविल बैंक लिमिटेडको चेक काटी दिएको घटनामा बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको उक्त व्यूरोले जनाएको छ ।

भीरबाट लडेर मृत्यु ओखलढुङ्गा, १० कात्तिक चम्पादेबी गाउँपालिका-३ चिप्लिङ बस्ने २८ वर्षीय भुवन मगरको सोही गाउँपालिका-६ स्थित चनौटे भीरबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here