भारतमा कोरोना भाइरस संक्रमित हुनेको संख्यामा फेरि वृद्धि

126
गत बुधबार एक दिनमा २८ हजार ९०२ जना सङ्क्रमितको संख्या  बुधबार ३५ हजार ८७१ पुगेको छ। गत २४ घण्टाको कोरोना संक्रमितको यो संख्या यस वर्ष शुरु भए यताको नै सब भन्दा बढी हो।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या एक करोड १४ लाख ७४ हजार ६०५ पुगेको सो मन्त्रालयले  जनाइएको छ। कुल सङ्क्रमितमध्ये दुई लाख ५२ हजार ३६४ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने कुल एक करोड १० लाख ६३ हजार २५ जना सङ्क्रमणमुक्त भएका छन्। गत २४ घण्टामा  कोरोना संक्रमणबाट १७२ जनाको मृत्यु भएपछि यहाँ कुल मृतकको संख्या एक लाख ५९ हजार २१६ पुगेको बिहीबार जनाइएको छ।

भारतमा जनवरीबाट कोरोना विरुद्धको खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म तीन करोड ७० लाख भन्दा बढीले खोप लगाइसकेका छन्। त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषदले जनाएको छ।

परिषद्का अनुसार मङ्गलबारसम्म भारतमा २३ भन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ। बुधबार एकै दिनमा १० लाख ६३ हजार भन्दा जनाको कोरोना परीक्षण गरिएको छ। -सिन्ह्वा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here