पछिल्लो चौबीस घण्टामा कोरोना सङ्क्रमित १८८ जना थपिए

81

काठमाडौं । मंगलबार नेपालमा कोरोना भाइरसका १८८ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका १८८ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा नेपालमा चार हजार ३२ जनाकाे परीक्षण भएकाेमा साे संख्या थप भएका छन् । यस्तै, ७७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९७ जना निको भएका छन् ।

मन्त्रालयका अनुसार हाल एकहजार १२८ जनामा कोरोनाको सङ्क्रमण सक्रिय छ । मन्त्रालयले हाल ४८ जना क्वारेन्टिनमा रहेको जनाएको छ । हाल निको हुने दर ९८.६ प्रतिशत छ । पछिल्लो चौबीस घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here