वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बिहानैदेखि प्रभावित

171

काठमाडौं वायु प्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान शनिबार बिहानैदेखि प्रभावित बनेको छ।

विमानस्थल टावर कन्ट्रोलले दिएको जानकारीअनुसार उडानका लागि आवश्यक भिजिबिलिटी नहुँदा विमानस्थल पूरै बन्दजस्तै अवस्थामा छ।

शनिबार बिहान एउटा अन्तर्राष्ट्रिय उडान भए पनि अहिलेसम्म कुनै आन्तरिक उडान हुन नसकेको विमानस्थलले जानकारी दिएको छ। अहिले पनि भिजिबिलिटी कम रहेकाले उडान सुरू गर्न सकिएको छैन।

शुक्रबार दिउँसो उपत्यकामा एक्कासी धुलो र धुँवासहितको बाक्लो प्रदूषण देखिएको थियो। त्यसै कारण भिजिबिलिटी कम हुँदा विमानस्थल केही समयका लागि बन्द गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here