देशमा संघीयता आएकाेले विकासले गति लियाे : मुख्यमन्त्री राई

159

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले संघीयता आएकै कारण विकासले गति लिएको दाबी गरेका छन् ।

मंगलबार विराटनगरमा नेपाल पत्रकार महासंघ प्रदेश नं १ को नव निर्मित भवन उद्घाटन गर्दै संघीयता कार्यान्वयनको मुख्य जग भएको दाबी गर्दै भने, “मुलुकमा संघीयता कायम भइसकेको छ । जसकाे कार्यान्वयनको मुख्य जग भनेकै प्रदेश सरकारहरु हुन् ।” मुख्यमन्त्री राईले संघीयता कार्यावन्वयमा सञ्चार क्षेत्रको समेत प्रमुख भूमिका हुने जनाए ।

विकासको प्रगति र यसबाट परेको प्रभावबारे जानकारी गराउने काम सञ्चार क्षेत्र र पत्रकारहरुको समेत भएको राईको धारणा छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले अहिले पत्रकारिता क्षेत्रको व्यवसायिकता अधिक जरुरी भएको चर्चा गर्दै भने, “पत्रकारिता क्षेत्रलाई थप व्यवसायिक बनाउन र अनुशासित बनाउन पनि जरुरी छ ।”

नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले नेपाल पत्रकार महासंघ जहिले पनि पत्रकारको हकहितको लागि सक्रिय भएको बताए ।  विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले पत्रकारिता समाजको ऐना भएको जनाउँदै मर्यादित पत्रकारिता अहिलेको आवश्यकता भएको जनाएका छन् ।

विराटनगर महानगरपालिकाले वडा नम्बर ५ मा उपलब्ध गराएको जमिनमा प्रदेश सरकारको ७६ लाख रुपैयाँको लगानीमा महासंघको दुई तले भवन निर्माण गरिएको हो । साे कार्यक्रममा प्रदेशका अग्रज पत्रकारहरुको अनुभव समेटिएको मेरो पत्रकारिता पुस्तक विमोचन गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here