सवारी दुर्घटनामा परी मृत्यु

70

काठमाडौं –  मोरङकाे बिराटनगर महानगरपालिका-१४ स्थित जतुवा खोला छेउँमा को.२ त २७३४ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार बिहान दुर्घटना हुँदा ट्याक्टरका सहचालक सोही ठाउँ बस्ने २५ वर्षीय कामेश्वर कामतको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार ६५ वर्षीय नारायण यादवलाई उपचारको लागि गोल्डेन अस्पताल पठाईएको छ । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

उदयपुरकाे चौदण्डीगढी नगरपालिका-१० ईक्राहास्थित सडकमा त्रियुगा पब्लिक बोर्डिङ स्कुल खैराझोडाको को.१ ख २७४८ नम्बरको बसको ठक्करबाट सोही ठाउँ बस्ने ६२ वर्षीय जग नारायण श्रेष्ठको आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here