खोटाङमा खेर जाने मकैको खोसेलाबाट सजावटका सामाग्री निर्माण

21

खोटाङ । जिल्लाकाे साकेला गाउँपालिकामा खेर जाने मकैको खोसेलाबाट विभिन्न किसिमका खेलौना तथा सजावटका सामाग्री निर्माण गर्ने कार्य शुरू भएकाे छ ।

वि.सं. २०७३ सालदेखी सञ्चालित प्रधानमन्त्री कृषी आधुनिकीकरण परीयोजना अन्तर्गत स्थानीयलाई मकैको खोसेलाबाट विभिन्न किसिमका खेलौना तथा सजावटका सामाग्रीहरु निर्माण गर्ने सीप सिकाईएको हो ।

कूल १ लाख ४३ हजारको लागतमा स्थानीयलाई सिपमुलक तालिम प्रदान गरिएकाे थियाे । सीपमुलक कार्यक्रममा खोटाङ, भोजपुर, सिराहा लगायत जिल्लाका २१ जना सहभागि थिए । यसबाट राम्रो आम्दानी हुनुको साथै खोसेलाबाट अझै धरै किसिमका सामाग्रीहरु बनाउन सकिने प्रशिक्षकको धारणा छ ।

परियोजनाले मकैको विउ निशुल्क वितरण, मकैमा लाग्ने रोग पहीचान गरी नियत्रण तथा विषादी वितरण साथै अत्याधुनिक कृषी औजारहरु अनुदानमा समेत वितरण गर्द आएको छ ।उत्पादित सामाग्रीको बजार व्यवस्थापनमा पनि परियोजनाले पहल गर्ने बताईएको छ ।

मकै खेतीमा सरकारले गरेको लगानीलाई थप आयमुलक बनाउदै लगिएकोले कृषि क्षेत्रमा सर्वसाधारणको आर्कषण बढ्दै गएको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here