काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक गोपाल खनाल सुशोभित हुनुभएको छ । उहाँलाई प्रबल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट सुशोभित गरिएको हो ।
उहाँ दुई वर्षअघिदेखि गोरखापत्र संस्थानमा सल्लाहकार सम्पादकमा कार्यरत हुनुहुन्छ । सल्लाहकार खनाल साढे दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्छ ।


















