काठमाडौं । नेपालमा कोरोना भाइरसका आज ४ सय ६० जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार ९ सय ८४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १ सय ५३ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार ३ सय ७८ जना संक्रमणमुक्त भएको छ भने कोरोना संक्रमणबाट आज थप ५ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३०५८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हालसम्म २३ लाख २१ हजार ६ सय ७० पिसीआर परिक्षण भएको छ भने ३ हजार ६ सय ८ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ८५ रहेको छ ।