साेमबारदेखि सुरु हुने विद्यालय तहका परीक्षा स्थगित गर्न सिसिएमसीको सिफारिश

160

काठमाडौं/उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको सीसीएमसीको बैठक सम्पन्न भएको छ । आज (आइतबार) सिंहदरबारमा बसेको बैठकले भोलिदेखि सुरु हुने विद्यालय तहका सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए । पछिल्लो समय कोरोना संक्रमणको दोस्रो लहर ह्वात्तै बढेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३१ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। काठमाडौं उपत्यका लगायत कोरोना संक्रमणको जोखिम रहेका ठाउँमा लकडाउन लगाउन विज्ञहरुले सुझाव दिएका छन् । तर, सरकारले भने तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ ।

त्यस्तै, बैठकले लकडाउन गर्ने अधिकार सिडिओहरुलाई दिने निर्णय गरेको छ । बैठकले सक्रिय संक्रमितको संख्या ५०० पुगेमा सिडिओले नै निषेधाज्ञा वा लकडाउन लागू गर्नसक्ने निर्णय गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here