इन्भेष्टमेन्ट बैंकले पायाे ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनुमति

69

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘एनआईबिएल समृद्वि फण्ड १’ सफलतापुर्वक संचालन गरेपछि म्युर्चुअल फण्ड अन्तर्गत ‘एनआईबिएल समृद्वि फण्ड २’ संचालन गर्ने अनुमति पाएको छ ।

सामुहिक लगानी कोष नेपाल धितोपत्र बोर्डमा दर्ता गरी एउटा बन्दमुखी र अर्को खुलामुखी योजना संचालन गर्दै आएको बैंकले ‘एनआईबिएल समृद्वि फण्ड २’ नामको बन्दमुखी योजना संचालन गर्ने धितोपत्र बोर्डबाट अनुमति पाएको जनाएको छ ।

‘एनआईबिएल समृद्वि फण्ड २’को १० वर्षे अवधिसम्म रहने यस योजनाको आकार १ अर्ब २० करोड रहेको बैंकले जनाएको छ । बैंकले यस योजनामा बैशाख १३ गतेदेखि छिटोमा १६ गतेसम्म र ढिलोमा २७ गतेसम्म इकाई बिक्रि खुला हुने र न्युनतम १ हजार देखि अधिकतम १२ करोडसम्म लगानीका लागि आवेदन दिन सकिने उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here