कैलालीमा थप दुई सङ्क्रमितको मृत्यु

66

कैलाली– कैलालीमा थप दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

कोरोनाका कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here