सभापति देउवाद्वारा पूर्वउपकूलपति प्रा. विदुर पौडेलको निधनप्रति दुःख व्यक्त

160

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका पूर्वसदस्य एवं नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकूलपति प्रा. विदुर पौडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । पौडेलको आज बिहान काठमाडौँको पशुपतिमा असामयिक निधन भएको हो ।

सभापति देउवाले शोक सन्देशमार्फत उहाँको निधनको खबरले दुःख लागेको उल्लेख गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ । पौडेल काँग्रेसका पूर्वमहासमिति सदस्य, पूर्वीय दर्शन र साहित्यका धरोहर एवं प्रजातान्त्रिक समाजवादका व्याख्यातासमेत हुनुहुन्थ्यो । विसं २००१ मा जन्मनुभएका पौडेलले काँग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहने उल्लेख गर्दै सभापति देउवाले उहाँको निधनले काँग्रेस र मुलुकले एक असल नेता र बौद्धिक व्यक्तित्वलाई गुमाएको बताउनुभयो ।

यसैगरी काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले पनि शोक सन्देशमार्फत पौडेलको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा आफन्तजनप्रति समवेदना प्रकट गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here