लघु चलचित्र युट्युबमार्फत रिलिज

27

काठमाडौं । दन्त चिकित्सक डा. कपिल रिजालले नयाँ चलचित्र निर्माण गरेका छन् । उनले आफ्नो निर्देशनमा लघु चलचित्र कर्मा: लाइफ इज ए बुम-याङ, यु गेट ह्वाट यु गिभ तयार गरेर युट्युबमार्फत यतिबेला रिलिज गरेका छन् । साँढे दुई दशकदेखि बेलायतमा बस्दै आएका कपिलले यो चलचित्र अंग्रेजी भाषामा बेलायतमै निर्माण गरेर रिलिज गरेका हुन् ।

कपिलका बुबा नेपालका स्त्रीरोग विशेषज्ञ तथा चलचित्र निर्माता, गायक, गीतकार डा. भोला रिजाल हुन् । आफूले बुबाको पथ अँगालेर यो लघु चलचित्रको निर्माण निर्देशन गरेको कपिलले जनाएका छन् ।

जस्तो कर्म ग-यो, त्यस्तै फल पाइन्छ भन्ने सन्देश यो चलचित्रबाट दिन लागेको कपिलको धारणा छ । डा. रिजालको निर्देशनमा बनेको यो तेस्रो छोटो चलचित्र हो । उनले लन्डनवासी नेपालीका साथमा लन्डनका कलाकारलाई अभिनय गराएका छन् । हलिउडका प्राविधिकको समेत संलग्नता रहेको चलचित्रमा लन्डनमा बस्दै आएका नेपाली कलाकार टंक धमला (लियो ट्यांक) मुख्य भूमिकामा छन् । लन्डनकी अभिनेत्री डेली एलनसँगै यसमा सपनकुमार राई, जेना मासे, ज्याक मासे, कारलाई बिक, र निशान पुनको अभिनय रहेको छ ।

यो सस्पेन्स थ्रिलर चलचित्रमा कथा डा. कपिल रिजालकै छ भने पटकथा उनका साथमा लुक हन्टरले तयार पारेका छन् । जसमा छायांकन फास्टस टक्ला, सम्पादन दिपेश केपी र एलेक्स टोम्लीको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here